हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंं.१ मा नेकपा एमालेका उम्मेदवार बाबीराम मुक्तान विजयी भएका छन् । मुक्तानले नेपाली कांग्रेसका सिंग राम बुलुनलाई ८६ मतान्तरले पराजित गरेको हो ।
मुक्तानले ४६३ मत पाउँदा बेलुनले ३७७ मत पाए भने नेकपा माओवादी केन्द्रका जोग मान थिङले ३२१ मत प्राप्त गरेका छन् ।
त्यस्तै वडासदस्यमा पनि नेकपा एमालेकै उम्मेदवार विजयी भएका छन् । खुल्लातर्फ पुर्ण बहादुर मोक्तानले ४८४, भीम बहादुर मुक्तानले ४६५ महिला तर्फ आस माया थिङले ४६६ र दलित महिलासदस्यमा सुमीत्रा विश्वकर्माले ४७२ मत प्राप्त गरेका छन् ।