प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा अस्पतालमा फेरि कर्मचारी माग

२०७९ मंसिर १२, सोमबार ०९:४९ बजे

हेटौंडा – हेटौंडा अस्पताल (मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान) ले फेरि कर्मचारी माग गरेको छ । अस्पतालले आइतबार एक सुचना जारी विभिन्न ७ पदमा १३ जना कर्मचारी माग गरेको हो ।

प्रावजनिक सुचना अनुसार कन्सल्टेण्ट सर्जन चार जना, कन्सल्टेण्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अफिसर र कन्सल्टेण्ट जेनेरल फिजिसियन दुई/दुई जना माग गरेको छ । त्यस्तै कन्सल्टेण्ट रेडियोलोजिस्ट, कन्सल्टेण्ट डर्मालोजिस्ट र अर्थेपेडिक सर्जन एक/एक जना माग गरेको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा उर्तिण गरेको र एन.एम.सी प्राप्त भएको हुनु पर्ने सुचनामा उल्लेख छ । परिक्षाको किसिम लिखित र अन्र्तवाता हुनेछ ।

अनुभबीलाई विशेष प्राथामिकता दिइने सुचनामा भनिएको छ । सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने सुचनामा उल्लेख छ । यसअघि प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नको लागि विभिन्न तहका १४९ जना कर्मचारीहरु माग गरेको थियो ।