प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका एकल महिलाहरुलाई आयआर्जनका लागि बाख्रा बितरण

२०७९ माघ १८, बुधबार १०:२३ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का १४ जना एकल महिलाहरुलाई बाख्रा बितरण गरिएको छ । मानव अधिकारका लागि महिला,एकल महिला समूह मकवानपुरको समन्वयमा र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ कै सहयोगमा उक्त बाख्राहरु बितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामकृष्ण थापाले एकल महिलाहरुको जीविका पार्जन र आत्मनिर्भर बनाउनका लागि वडा कार्यालय तयार रहेको र अझै ५ लाखसम्म सहयोग गर्न तयार रहेको बताउनुभयो । उक्त समूह मकवानपुर वडा नम्बर ८ की अध्यक्ष सरिता अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्यहरु गोरखनाथ राय,रीता मंग्राती,समाजसेवीहरु गोपिनी खतिवडा,हरिमायाँ ढकाल लगायतले मन्तब्य राख्नुभएको थियो ।

मानव अधिकारका लागि महिला,एकल महिला समूह बागमती प्रदेश अधिकृत अप्सरा ढकालको सहिजरकणमा सम्पन्न भएको कार्यक्रममा समूहकी जिल्ला सदस्य कल्पना आचार्य,वडा नम्बर ८ की सचिव जानकी घिमिरे लगायतले मन्तब्य राख्नु भएको थियो । बाख्रा पाउदा खुसी भएका एकल महिलाहरुले आफूहरु बाख्रा पालन गरी जसरी पनि आत्मनिर्भरको पथमा हिड्ने बताएका छन् ।