प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेश: मन्त्री लामालाई चार मन्त्रालयको कार्यभार

२०८० जेठ २, मंगलबार ०२:१७ बजे

हेटौंडा – बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) लाई तीन वटा मन्त्रालयको जिम्मेवारी थपिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले यसअघि मुख्यमन्त्री जम्कट्टेलले सम्हाल्दै आएका तीन वटा मन्त्रालयको कार्यभार मन्त्री लामालाई तोकेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा सोमबार जारी विज्ञप्ति अनुसार लामाले पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।

मन्त्रीपरिषद्वि स्तारले पूर्णता नपाउँदा मुख्यमन्त्री जम्कट्टेलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाहेक पाँच वटा मन्त्रालय सम्हाल्दै आएका थियो । मुख्यमन्त्री जम्कट्टेलको जिम्मेवारीमा अझै कृषि तथा पशुपन्छी विकास मन्त्रालय र श्रम, रोजगार तथा यातायात मन्त्रालय रहेको छ । ११ मन्त्रालय रहेको यस प्रदेशमा हाल छ सदस्यीय मन्त्रीपरिषद् छ ।

यसैबीच प्रदेश प्रमुख शर्माले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। उक्त विधेयक प्रदेश सभाको पहिलो अधिवेशनबाट प्रदेश सभा नियमावली निलम्बन गर्दै पारित गरिएको थियो । गोरखापत्र दैनिकबाट