प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

भारतमा नेपाली युवा बेपत्ता

२०८० चैत्र २०, मंगलबार २०:०६ बजे

धनगढी – कैलालीका एक युवा हिमाञ्चल प्रदेश भारतको सिमलाबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्।

कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मझराका २९ वर्षीय कालीचरण चौधरी गत चैत ११ गतेबाट बेपत्ता भएका हुन्। गत माघमा दाजु प्यारेलाल चौधरी र बलिराम चौधरीसँग कालीचरण कामको खोजीमा सिमला पुगेको कालीरामका छिमेकी मनोज चौधरीले बताए।

चैत ११ गते सिमलाबाट घर आउन हिँडेका चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्। कालो वर्ण, अन्दाजी साढे पाँच फिट उचाइका चौधरीलाई देख्ने जोकोहीले नजिकको प्रहरी कार्यालय तथा मोबाइल नम्बर ९७६६९९२९५४ मा सम्पर्क गरि सहयोग गरिनदिन परिवारका सदस्यले आग्रह गरेका छन्।