प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रुखबाट लडेर एकको मृत्यु

२०८० पौष १९, बिहीबार ०८:५७ बजे

काठमाडौं – तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङ आम डाँडामा रुखबाट लडेर बुधवार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय मन हर्ष राना रहेको जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

उनका अनुसार आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडेर घाइते रानाको मृत्यु भएको हो। तत्काल उपचारको लागि भीमाद बजार स्थित स्वास्थ्य चौकी ल्याइ उपचार गराउने क्रममा रानाको मृत्यु भएको प्रनाउ खाँड जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।