प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनकोशीमा कार खस्यो

२०८१ भाद्र ८, शनिबार १९:५० बजे

काठमाडौँ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ।

कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ।

नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५:३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।