हेटौंडा – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोमा शुक्रबार अपरान्ह भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छन् भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा पर्वत दुर्लाङ –१ का वर्ष ५८ का हर्कबहादुर सुनार रहेका छन् ।
मुग्लिनतर्फबाट भरतपुरतर्फ आउँदै गरेको ग १६ प ६९६८ मोटरसाइकलले बा–प्र–०१–००४ क ०५७३ नम्बरकोे दुध बोक्ने ट्याङ्करलाई ओभरटेक गर्नेक्रममा सोही ट्याङ्करमा ठोक्किएर दुर्घटना हुँदा सुनार घाइते भएका थिए । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मोटरसाइकलमा सवार नुवाकोट शिवपुरी गाउँपालिपका –६ का वर्ष २९ को सुबास तामाङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याङकर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।