हेटौंडा – रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मा गएराति स्कुटर पल्टिदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बुटवल उपमहानगरपालिका ११ देवीनगरका २२ वर्षीय दिपेश विकको उपचारको क्रममा मणिग्राम स्थित क्रिमसन अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु ३९ प ९४६३ नम्बरको स्कुटर गएराति पौने ३ बजे पल्टिएको थियो ।