प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

ट्याक्टरको ठक्करबाट दुई बर्षीय बालकको मृत्यु

२०७८ चैत्र ११, शुक्रबार ०४:५५ बजे

हेटौंडा – ट्याक्टरको ठक्करबाट दुई बर्षीय बालकको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका ३ नारायणपुर चोकमा विहिबार साँझ ट्रयाक्टरको ठक्करबाट
स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साहको मृत्यु भएको हो।

प्रदेश २–०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले विहिबार साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो । घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको हो । ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।