प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

विष्णुमतीले बगाएका व्यक्तिको उद्धार

२०८२ असार २१, शनिबार ०८:३१ बजे

काठमाडौँ । नेपाल प्रहरीले हिजो साँझ काठमाडौँ महानगरपालिका-१६ विष्णुमती नदीले बगाएका एक व्यक्तिको उद्धार गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार साँझ ६:४० बजेको समयमा बगेका उनलाई डोरी र ट्युवको सहायतामा उद्धार गरिएको हो। 

उनको परिचय नखुलेको प्रहरीले जनाएको छ।  हिजो  साँझ यहाँ वर्षा हुँदा विष्णुमती सतर्कता तह नजिक आएको थियो।