हेटौंडा – मकवानपुरको राक्सिराङमा विहेमा गएका एक युवक मृत भेटिएका छन् । राक्सिराङ गाउँपालिका वडा नं. ५ चुरीडाँडा वस्ने २७ बर्षीय सोमलाल प्रजा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार उनी बुधबार राक्सिराङ गाउँपालिका वडा नं.५ टङरङस्थित रिमलाल प्रजाको घरमा विहेमा गएका थिए । रिमलालको घरदेखि दक्षिणतर्फ रहेको बाख्राको खोर छेउमा सोमलाल घोप्टो अवस्थामा बिहीबार बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाटमका लागि हेटौंडा अस्पतालमा ल्याईएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।