प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ माघ १७, मंगलबार १०:४० बजे

हेटौंडा – बर्दियाको बाँसगढी नगरपालिका ५ मा गएराती मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका २ का ५६ वर्षीय भागिराम थारु रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका थारुको नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । भे ४ प ५१७६ नम्बरको मोटरसाइकल गएराती १० बजे अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जानकारी दिएको छ ।