काठमाडौं – सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स चाहिने व्यवस्था गर्ने भएको छ। आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन यस्तो प्रबन्ध मिलाउन लागिएको बताए ।
घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अनुमतिप्राप्त कम्पनी र व्यक्तिले मात्रै घरजग्गा कारोबार गर्न पाउने आवश्यक प्रबन्ध मिलाइने भएको हो। आगामी वर्ष यो व्यवस्था महानगर र उपमहानगरमा लागू हुने छ र त्यसपछि अन्यत्र लागू हुने बताइएको छ ।