प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका तीन युवा पक्राउ

२०८० बैशाख ३, आईतबार ०१:५३ बजे

हेटौंडा – प्रहरीले हेटौंडा उपमहानगरपालिकाका वडा नं.१० न्यूरेनीबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय होम बहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले शनिबार होम बहादुरको घरबाट लागुऔषध खैरोहिरोईनको धुलो पदार्थ ३५० मिलिग्राम सहित सहित तीन जनालाई पक्राउ गरेको हो । उनीहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।