हेटौंडा – ट्राभियालिटी नेपाल प्रा.लि.ले नेपालको पर्यटन क्षेत्रको सुधार गर्न एटिक इन होटल एण्ड रिसोर्टको शुभारम्भ भएको छ। ट्राभियालिटीले विदेशी लगानीमार्फत यो ब्राण्ड ल्याएको हो ।
ट्रभियालिटी नेपाल प्रा.ली चिफ स्ट्याटेजी अफिसर सोमनाथ सापकोटाका अनुसार यसले होटल व्यवस्थापन, प्रवर्धन, र गुणस्तर सुधारमा काम गर्नेछ। हाल १० लाख पर्यटक आउने तथ्यांकले नेपालको पर्यटन क्षमताको पूर्ण उपयोग हुन नसकेको देखाउँछ, तर यो नयाँ ब्राण्डले अकुपेन्सी दर सुधार्दै ३०–४० प्रतिशतमा पुर्याउने लक्ष्य राखेको उनले बताए ।
तीन उप-ब्राण्डमार्फत विभिन्न स्तरका होटलहरूको व्यवस्थापन गर्ने एल्टिक इनले डिजिटल मार्केटिङ र आधुनिक प्रविधिको प्रयोगमार्फत विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्ने योजना बनाएको अफिसर सोमनाथ सापकोटाले बताए । उनले यस कम्पनीले पहिलोपटक नेपालमा वेस्ट वेस्टन ब्राण्ड भित्र्याउँदै अक्टोबर २०२४ देखि वेस्ट वेस्टन प्लस काठमाडौं सञ्चालनमा ल्याउने तयारी गरिरहेको समेत जानकारी गराए ।
अन्तर्राष्ट्रिय ब्राण्डहरूको आगमनले नेपालको पर्यटन, रोजगारी, वैदेशिक लगानी, र प्रविधिमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको उनको भनाई छ । जसले देशको आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने उनको दाबी छ ।