प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नेपाल टस हारेर बलिङ गर्दै, टिममा दीपेन्द्र फर्किंए

२०८० कार्तिक १७, शुक्रबार ११:०० बजे

काठमाडौं – काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ । मुलपानीस्थित क्रिकेट मैदानमाम हुने खेलमाा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । युएईका कप्तान मोहम्मद वासिम टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने छ । टोलीमा दीपेन्द्रसिंह ऐरी फर्किएका छन् । सन्दीप जोरा बाहिरिएका छन् । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेता हुन् ।

समूह बी बाट ओमान विजेता र बहराइन उपविजेता भए । फाइनलमा प्रवेश गर्ने दुई टिम टी २० विश्वकपमा छनोट हुनेछन् ।