हेटौंडा – बाराको निजगढ नगरपालिका २ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका सिम्रीकका २६ वर्षिय भुवन पहाडी र पछाडी सवार २७ वर्षिय रित बहादुर राई रहेका छन् ।
सोही दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार २४ वर्षिय शुशिल माझी घाईते भएका छन् । उनको प्रसुति सामुदायिक अस्पताल निजगढमा उपचार भैरहेको प्रहरीले जनाएको छ । आइतबार बेलुकी ७ बजे प्रदेश २ ०३ ००१ ख ४२२९ नम्बरको सडक छेउमा रोकिराखेको ट्रकमा पाछाडीबाट प्रदेश २ ०२ ००९ प ३९४३ नम्बरको मोटरसाईकल अनिनियन्त्रित भई ठक्कर खाएको थियो । ट्रक चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।