प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

त्रिभुवन राजपथ आज र भोलि दिउँसो बन्द हुने

२०८२ असार १३, शुक्रबार ०८:१७ बजे

हेटौंडा ।  त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड आज र भोलि दिउँसो बन्द हुने भएको छ ।

हेटौंडाले त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्डमा पर्ने रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउन काम गर्न लागिएकाले दुई दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म गाडी आवतजावतमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक सूचना निकालेर आज र भोलि दिउँसो त्रिभुवन राजपथ बन्द हुने जनाएको छ ।