प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

युवायुवती रुखको एकै हाँगोमा झुण्डिएको अवस्था भेटिए

२०७९ भाद्र ३, शुक्रबार १०:४९ बजे

काठमाडौं –  एक जोडी युवायुवती मृत फेला परेका छन्। बैतडी सिगास गाउँपालिका–५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा मृत फेला परेको बैतडीका प्रहरी प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। मृतक दुवै जना अविवाहित रहेको र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।