हेटौंडा – मकवानपुरको हेटौंडामा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत छाप्रा सबलपुर बस्ने ७० वर्षीय गणेश राय रहेका छन् ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रायलाई हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले करिब ५ किलो ५ सय ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।