प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेश मन्त्रिपरिषद बैठक: यस्ता छन् ५ निर्णय

२०८० आश्विन १५, सोमबार २०:३२ बजे

हेटौंडा – बागमती प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले पाँच निर्णय गरेको छ । असोज १५ गते सोमबारको बैठकले प्रदेशको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने लगायतका ५ निर्णय गरेको हो ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेशका विभिन्न ६ वटा संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले जानकारी दिए । त्यस्तै प्रदेश सुशासन केन्द्र (स्थापना तथा कार्य सन्चालन) आदेश २०७७ संशोधन गर्ने निर्णयसमेत गरेको उनले बताए ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । हस्तकला ग्राम स्थापना तथा सन्चालन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेस गर्ने र चलचित्र विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको उनले बताए ।