प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरमा एक महिलाको शव फेला

२०८० भाद्र २, शनिबार ०६:२५ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.८ मा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार साँझ ६ः३० बजे बागमती नदिको किनारमा अन्दाजी २५/३० बर्षीय महिलाको शव फेला परेको हो ।

नामथर वतन नखुलेको ती महिलाको बागमती नदिको किनारमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको स्थलको मुचुल्का पश्चात शव हेटौंडा अस्पताल ल्याईएको छ भने शवको सनाखत तथा पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।