प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा करेन्ट लागेर २ बालिका मृत्यु

२०८१ आश्विन २६, शनिबार १६:४० बजे

हेटौंडा - मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ चिसापानीमा शनिबार दिउँसो करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा निजगढ नगरपालिका १ बस्ने वर्ष ९ की बालिका र हेटौडा-१६ बस्ने वर्ष ७ की बालिका रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो १ बजे चिसापानीस्थित कबर्ड हलको छेउमा रहेको ११ के.भी. पिन इन्सुलेटर भाँच्चिएर नजिकै रहेको फलामको पोलमा सर्ट भएर पोल हुँदै पोलको फेदमा जमेको पानीमा टेक्दा करेन्ट लागेर दुई बालिका बेहोस भएका थिए । बेहोस भएको दुबै घाईतेलाई उपचारको लागि हेटौडा अस्पताल ल्याईएकोमा उपचारको क्रममा १ बजेर ३५ बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतक बालिकाको नाम खुलाएको छैन । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।