प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्रिय टोलीका मकवानपुरे फुटबलर सुनिल बल भासिए अष्ट्रेलिया

२०७९ फाल्गुन २३, मंगलबार ०४:५७ बजे

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सुनिल बल अस्ट्रेलिया उडेका छन्। राष्ट्रिय फुटबल टिमका नियमित सदस्य समेत रहेका सुनिल सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया उडेका हुन् ।

मकवानपुर घर भएका उनी घरेलु फुटबलका प्रभावशाली मिडफिल्डर मानिन्छन् । उनी सुनिल एन्फा एकेडेमीका उत्पादन हुन् । उनी उमेर समूह हुँदै राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

नेपालले पछिल्लो समय अन्तराष्ट्रिय फुटबल प्राप्त गरेका अधिकांश सफलता सुनिल महत्वपुर्ण सदस्य रहेका थिए । अष्ट्रेलियाको नेपाली क्लबले त्यहाँ आमन्त्रण गरेपछि बल उडेका हुन् । उनी ए डिभिजन लिगका लागि स्वदेश फर्किने हो कि छैन भन्ने निश्चित छैन्।

जारी ए डिभिजन लिगमा उनी संकटा क्लबसँग आवद्ध छन्। नेपालको कमजोर फुटबल संरचना र त्यसबाट जीवन निर्वाह गर्न कठिनाइका कारण खेलाडीहरु नेपाल छाड्न बाध्य छन्। उनी क्लबका कप्तान समेत थिए । सुनिललाई कप्तान नियुक्त गर्दै संकटाले नयाँ सिजनका लागि टिम तयार गरेको थियो । उनकै कप्तानीमा लिगको क्बलले एक खेल समेत खेली सकेको छ ।

उनी मात्रै होइनन्, धेरै नेपाली फुटबल खेलाडी भविष्य खोजीका लागि अष्ट्रेलिया गएका छन् । राजन गुरुङ, रुमेश बर्तौला, रवि थिङ, आमिर श्रेष्ठ, मिच्छेन तामाङ, सन्तोष तामाङ, दर्शन गुरुङ, विमल बस्नेत हेमन गुरुङ, विमल राणा, रोहित कार्की, एलन न्यौपाने, अभिषेक रिजाल, तेज तमाङ, सुमन लामा लगायत ३० जनाभन्दा बढी खेलाडीहरुले विदेशिएका छन् ।