काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित खेलेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
दुवै टिमले खेल अवधिभर अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् । वीरगञ्जको ४ खेलमा २ अङ्कसहित तालिकाको पुछारमा रहेको छ भने झापाको ४ खेलमा ३ अङ्कसहित आठौँ स्थानमा रहेको छ ।
भोलि दुई वटा खेल हुनेछन् । पहिलो खेल धनगढी एफसी र स्पोर्टिङ इलामबीच दिउँसो १ बजे हुनेछ । दोस्रो खेल साविक विजेता काठमाण्डौ रेजर्स र बुटवल लुम्बिनीबीच बेलुका ५ बजे हुनेछ ।
तालिकाको शिर्ष स्थानमा पोखरा थन्डर्स रहेको छ । पोखराले ४ खेलबाट ८ अंक जोडेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको धनगढी एफसीको ३ खेलबाट ७ अंक जोडेको छ । त्यस्तै ललितपुर सिटी एफसी ४ खेलबाट ६ अंक जोड्दै तेस्रो र ३ खेल खेलेको काठमाडौं रेजर्स ५ अंक सहित चौथो स्थानमा छ ।
यस्तो छ अंक तालिका
