काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेर बहादुर श्रेष्ठसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुगु जिल्लाको सोरु गाउँपालिकामा सञ्चालन भएको दैरीखो लारावलडाँडा तटबन्ध आयोजनामा आर्थिक हिनामिनाको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
मुद्दा दायर गरि एकाहरूमा सोही कार्यालयका सब–इन्जिनियर दानबहादुरबुढथापा, सोरु गाउँपालिका–४ का अध्यक्ष डबलेशाही, दैरीखो लारावलडाँडा तटबन्ध आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भीमलाल दमाई रहेका आयोगको विज्ञप्तिमा उल्लेख छ ।
मुद्दा दायर गरिएका सबै लाई जनही १८ लाख १० हजार ८४ रुपियाँ बिगो र भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको छ ।