विराटनगर – सुनसरीमा गाली प्रहारबाट घाइते भएका युवकको मृत्यु भएको छ । घाइते विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रबार बेलुका मुलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको थियो। धरान–इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरी लुटपाट भएको प्रहरी जनाएको छ।
चौधरीको साथमा रहेको मोबाइल र पैसा समेत लुटिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।