प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

आज धातुका सामान घर भित्र्याउने दिन

२०८१ कार्तिक १३, मंगलबार ०७:५८ बजे

काठमाडौं – धनतेरस पर्व मंगलबार मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन धनतेरस मनाइन्छ।

तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामा-पित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ। यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ।

बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले धनतेरस अर्थात् धन त्रयोदशी पर्व मंगलबार नै मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।