प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

अनुभूतिको सफल अवतरणमा स्रष्टा रञ्जना निरौला

२०७९ श्रावण १५, आईतबार ०६:१५ बजे

काठमाडौं – राष्ट्रीका साहित्य प्रतिष्ठान तथा शिखा बुक्सको संयुक्त आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा एक बृहद कार्यक्रमको आयोजना गरि साहित्यकार रञ्जना निरौलाको निबंध संग्रह ‘अनुभूतिको अवतरण’ लोकार्पण गरिएको छ ।

बरिष्ठ साहित्यकार एवं समालोचक प्रा।डा। बासुदेव त्रिपाठीको प्रमुख आतिथ्यता एवं शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेलको सभापतित्व साथै बिशिष्ट अतिथि प्रा।डा। साबित्री मल्ल कक्षपति , प्रा।डा। रामप्रसाद ज्ञवली , प्रा।डा। ज्ञानु पाण्डे राष्ट्रिका साहित्य प्रतष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेको आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख अतिथी द्वारा दीप प्रज्वलन गरि औपचारिक रुपमा सुरु गरिएको उक्त कार्यक्रममा अतिथिहरुलाइ खादा मायाको चिनो लगायत स्रष्टा लाइ माला लगाइएको थियो । कार्यक्रममा राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेले कवि तथा निबन्धकार रञ्जना निरौलाको सृजनाले नेपाली साहित्यको श्रीबृद्धिमा एउटा ईटा थपिएको उल्लेख गर्दै सफलताको कामना गर्दै स्वागत मनतब्य राखेका थिए । कार्यक्रममा बिमोचित कृतिमाथि समिक्षा गर्दै प्रा डा। ज्ञानु पाण्डेले रचनामा शब्द चयनको कौशलता अभिव्यक्ति शैली शुक्तिमय प्रस्तुति अनि संतुलित समन्वय र जीवन्त अभिव्यक्ति नै अनुभुतिको अवतरणको प्रमुख बिशेषता रहेको बिचार ब्यक्त गरेकी छन् ।

यसै क्रममा कार्यक्रममा बोल्दै प्रा।डा। राम प्रसाद ज्ञवालीले निरौलाको लेखनकलाको सामर्थ्य केही बिषय प्रसंगमा बेजोडको देखिएको चर्चा गर्दै स्वादिला परिकारलाइ बिशाक्त भांडोमा पस्किने कि स्वस्थ्यकर परिकार सामान्य बर्तनमा पस्किने जस्ता भावुकता र भावुकता एवं स्वेरकल्पनामा नरुमल्लिएको जीन्दगी बिताउनका लागि नभएर केही गरेर जीवन्त रुपमा बाँच्नका लागि हो भन्ने भावाभिव्यक्ति र प्रस्तुति उनको लेखकीय सृजनशीलता र आध्यात्मिक संयोजन ले कृतिलाइ न्याय गरेको बताएका छन् ।

कार्यक्रममा प्रा।डा।साबित्री मल्ल कक्षपतिलेस् स्रषटा निरौलाको लालित्यपूर्ण सृजनात्मक लेखनकलाले उनले अक्षरको खेतीमा बिचारका निष्कासन र बिचारकै प्रतिस्थापन गर्ने गरि उनका निबन्धहरु यथार्थको धरातलमाा उभिएको बताउंदै कुशल
शिल्पको प्रयोग गरिएकोले पाठकलाइ सुरुचिपूर्ण लाग्ने बिश्वास ब्यक्त गरेकी छन् । प्रमुख अतिथिको रुपमा बोल्दै बरिष्ठ समालोचक प्रा डा बासुदेव त्रिपाठीले कालीगण्डकीको अवतरण हिमाल बाट देवघाट हुंदै गंगा सम्म भने जस्तै मानबीय जीवनका बिबिध पक्षका भोगाइको प्रस्तुतिकरण निबन्धकलामा पोखिएको बताउंदै सुक्तिमय भाव सहित कवितात्मक अभिब्यक्तिले कवि र निबन्धकारको बिजोडको परिचय स्थापित गरेको छ । जुन नेपाली निबन्ध क्षेत्रको शुभलक्षणको रुपमा बुझ्न सकिन्छ ।

कार्क्रममा बोल्दै स्रष्टा रञ्जना निरौला साहित्यकर्म आफ्नो जीवनको अभिन्न कर्म भएकोले यसमा केवल कोरा कल्पना मात्रै होइन जीवनका यावत पक्षको सु़्क्ष्म बिवेचना अध्ययन र यथार्थताको धरातल पनि रहेको कुरा ब्यक्त गर्दै कृति ब्यक्तिगत रुपमा आफूले जन्माइएको भएतापनि अवका मितिदेखि यो समजको सामुहिक र सार्वजनिक सम्पत्ति रहेकोले प्राप्त हुने स्वस्थ्य प्रतिक्रियाले आगामी दिनमा मेरो लेखन साधना मौलाउंदै झाङ्गिने सुअवसर प्राप्त हुने बिचार ब्यक्त गरेकि छन् सुमन बर्षा द्वारा संचालित उक्त कार्यक्रम सभ्य एवं भब्य रुपमा सम्पन्न गरिएको थियो ।