प्रहर खबर
 २०८१ बैशाख ३०, आईतबार    

इरानी बिदेशी मन्त्रीले भने, 'दुष्ट इजरायल बिरूद्द एक हुने बेला भयाे'

२०८० कार्तिक १, बुधबार ०७:५० बजे

तेहरान – गाजास्थित अस्पतालमा भएको आक्रामणमा परी ५ सय जनाले ज्यान गुमाए पछि इरान सरकार क्रुध भएको छ ।अस्पतालमा आक्रामण गरे पछि इरान सरकारले ‘दुष्ट इजरायल’ बिरुद्ध विश्वलाई एक हुन आब्हानसमेत गरेको छ ।

गाजा सहरको अल–अहली अरब अस्पतालमा ५०० भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहारपछि इरानी विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानले इजरायलविरुद्ध विश्वभर एकजुट हुन आमजनतालाई आह्वान गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अस्पताल बम विष्फोटमा जियोनिस्ट शासनको भयानक अपराध र एक हजार भन्दा बढी निर्दोष महिला र बालबालिकाको नरसंहार पछि आईएसआईएस भन्दा पनि घृणा गरिएको यो नक्कली शासन विरुद्ध विश्वव्यापी एकताको समय आएको छ।’