हेटौंडा – मकवानपुरको राक्सिराङ गाउँपालिका–३ दमारबाट बिहिबार लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने ३८ बर्षीय टेक बहादुर तामाङ रहेका छन् ।
प्रहरी चौकी चैनपुरको कमाण्डमा खटिएको गस्ती टोलिले पैदलयात्री हिडिरहेका तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनले बोकेको झोलाबाट १० किलो लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।
उक्त लागुऔषध गाँजा सहित तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।