हेटौंडा – तनहुँको बन्दिपुर गाँउपालिका ४ चुनपहरामा कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दम्पत्ती गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक तनहुँकै भानु नगरपालिका ६ का २९ वर्षीय रोमित थापा र पछाडी सवार उनकी २६ वर्षीया श्रीमती मनु माया मगर रहेका छन् ।
घाइते दुवैजनालाई उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा २ च ९७ ०७ नम्बरको कार र थापा दम्पत्ती सवार ना ४५ प ७६ ६७ नम्बरको मोटरसाइकल आइतबार दिउँसो पौने ३ बजे आपसमा ठोक्किएको थियो । दुर्घटनामा संलग्न कार चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।