प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडाकी बरिसालाई भेट्न चाहान्छिन् ‘पुष्पा’ फिल्मकी अभिनेत्री रश्मिका

२०७९ भाद्र २९, बुधबार १०:२५ बजे

हेटौंडा – लोकप्रिय दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले आफ्नो गीतमा नाच्ने मकवानपुर हेटौँडाको रसल एकेडेमीकी बालिका भेट्न चाहेको बताएकी छन् । उनले आफ्नो ट्वीटरमार्फत बालिका बरिसा क्षेत्रीसंग भेट्ने इच्छा ब्यक्त गरेकी हुन् ।

बालिकाले आफ्नो गीत ‘सामी सामी’ मा नाचेको भिडियो शेयर गर्दै मन्दानाले लेखेकी छन्,"म यो प्यारीलाई भेट्न चाहन्छु.. म कसरी गर्न सक्छु?" उनी सुपरहिट फिल्म ‘पुष्पा’ की अभिनेत्री हुन् ।

उक्त गतिमा डान्स गर्ने बरिसाका हेटौँडा उपमहानगरपालिका वडा नं. ९ की हुन् । उनी घर नजिकैको सिमेन्ट रोडस्थित रसल एकेडेमीमा युकेजीमा अध्ययनरत छिन् । 

रसल एकडेमीका प्रिन्सिपल सरोज पौडेलका अनुसार उक्त भिडियो करिब ५/६ महिना अगाडिको हो । बरिसाले विद्यालयको अतिरिक्त क्रियाकलापमा ‘सामी सामी’ गतिमा डान्स गरेकी थिइन् ।

उक्त भिडियो सोही विद्यालकी शिक्षिका रोसनी कार्कीले कैद गरेकी थिइन् । उनले चार दिन अगि आफ्नो टिकटक अकाउन्टमा फोस्ट गरेकी थिइन् ।अहिले भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।