प्रहर खबर
 २०७९ मंसिर १७, शनिबार    

मकवानपुरकी अनुसँग बुद्धिले कसे लगनगाँठो

२०७९ आश्विन ७, शुक्रबार १२:३४ बजे

हेटौंडा – नेपाली बहुचर्चित कलाकार तथा रङ्गकर्मी बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले थिङसँग तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।

बुद्धि र अनुको मागी विवाह भएको हो । ३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए ।

बुद्धि तामाङले विवाहमा आफन्तले केही चर्चित कलाकारलाई निम्तो दिएका थिए । विवाहमा सहभागि भएका हाँस्यकलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा)ले एक फोटो सार्वजनिक गर्दै बुद्धि र अनुलाई शुभकामना तथा बधाई समेत दिएका छन् । 

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धि र अनुले प्रेमलाई विवाहमा परिणत गरेका हुन् । बुद्धि टेलिफल्म तथा फिल्ममा ‘हैट’ भन्ने थेगोले चर्चित छन् । ‘साँघुरो’, ‘कबड्डी’, ‘टलकजङ भर्सेज टुल्के’, ‘वडा नम्बर ६’, ‘घामपानी’, ‘छक्कापञ्जा’, ‘नाइँ नभन्नु ल’, ‘वीरविक्रम’लगायतका चलचित्रमा तामाङले अभिनय गरेका छन् ।