प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ससुरालीमै आएर श्रीमतीको घाँटी काटेर हत्या

२०८० श्रावण १०, बुधबार ०६:०६ बजे

हेटौंडा – बाराको सिमौनगढ नगरपालिका–६ बजार टोलमा श्रीमानले श्रीमतीको घाँटी काटेर हत्या गरेका छन् । भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको पोखरिया निवासी ३६ वर्षीय राज चुडिहारले बुधबार बिहान ३ बजेको समयमा सुतिरहेकी २७ वर्षीया श्रीमती आसमी चुडिहारलाई धारिलो हतियारले घाँटीमा पटकपटक प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीय जाहिर चुडीहारका ज्वाइ चुडिहार विगत एक महिनादेखि ससुराली सिमौनगढमा बस्दै आएका थिए । राज चुडिहार श्रीमतीको हत्या गरी भाग्न खोज्दा स्थानीयहरुले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको मृतकका बुबा जहिर चुडिहारले जानकारी दिए ।

श्रीमान र श्रीमतीबीच विगत एक महिनादेखि आपसी विवाद हुँदै आएको स्थानीयहरुले बताएका छन् । श्रीमतीको हत्या गर्ने राज चुडिहारलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक जितेन्द्रकुमार साहले जानकारी दिए । मृतकका दुई छोरा र एक छोरी छन् ।