काठमाडौं – आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।
यूएईविरुद्धको खेलमा नेपालले खराब सुरुआत गरेको छ । ९ ओभरको खेल सकिदा नेपालले ३ विकेट गुमाएर ३० रन बनाएको छ ।
नेपालका ओपनर आसिफ शेख, अर्का ओपनर कुशल भुर्तेल र कुशल मल्ल आउट भएका छन् ।
कुशल मल्ल ९ रनमा क्याच आउट भए । त्यस्तै कुशल भुर्तेल १५ बलमा ८ रन बनाएका थिए । कुशल आयन खानको बलमा आउट भएका हुन् । पहिलो विकेटका रुपमा नेपालले २ रन मा अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो ।