हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि साढे ११ करोड बढी बजेट सार्वजनिक गर्दा युवा तथा खेलकुदतर्फ २० हजार मात्रै वृद्धि गरेको छ ।
उपमेयर राजेश बानीयाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा समग्र खेलकुद प्रतियोगिताहरु आयोजना, सहभागिता, प्रशिक्षण खेल सामाग्री वितरण, खेल पुर्वाधार निर्माण लगायका कार्यक्रमका लागि आन्तरिक स्रोतबाट ३ करोड ७३ लाख रकम विनियोजन गरिएको बताए । चालु आर्थिक बर्षमा ३ करोड ७२ लाख ८० हजार बजेट विनियोजन गरिएको थियो ।
जसमा सबैभन्दा बढी थप मिनी रंगशाला र फुटसल निर्माण सुरुवात गर्न ८० लाख विनियोजन गरेको छ भने पिप्ले क्याम्पा रंगशालाको थप पुर्वाधार निर्माणको लागि २५ लाख विनियोजन गरेको छ । त्यस्तै फुटबल खेलको नियमित प्रशिक्षणको लागि एकेडेमी संचालन गर्न ७५ लाख विनियोजन गरिएको छ । उता स्थानीय तह सहिद स्मृती मकवानर गोल्डकपको लागि २५ लाख विनियोजन गरेको छ ।