प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा पेस्तोल सहित पक्राउ परेका घलान सार्वजनिक

२०७९ चैत्र २७, सोमबार ०६:१९ बजे

मकवानपुर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल सहित पक्राउ परेका एक पुरुषलाई सार्वजनिक गरेको छ ।

हेटौंडा उपमहानगरपालिका– १२ पदमपोखरी बस्ने अन्दाजी ४४ वर्षीय सुमन भन्ने सुरेश घलानलाई पेस्तोल (मेडइन यू.एस.ए) सहित  पक्राउ गरी सार्वजनिक गरेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बसामाडी पैदल हिडिरहेको घलानलाई चेकजाँच उनले बोकेको झोलाबाट उक्त पेस्तोल म्याग्जिन सहित
पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नेवारपानी तर्फबाट हेटौंडा बजार आउँदै गरेका घलानलाई हेटौंडा–३, बसामाडीस्थित सरस्वरी पेट्रोलपम्म नजिकबाट आइतबार पक्राउ गरिएको हो ।

घलानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।