प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको मतगणना स्थलको सरसफाई

२०७९ मंसिर १०, शनिबार ११:५२ बजे

मकवानपुर – नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) मकवानपुरको अगुवाईमा हेटौंडाको मतगणना स्थल सिद्धार्थ उच्चमावि परिसरमा शनिबार सरसफाई गरिएको छ ।

मतगणना स्थलमा गणनाका क्रममा फोहोर हुन पुगेकाले सरसफाई गरिएको सरसफाईमै सहभागी माओवादी केन्द्र मकवानपुरका अध्यक्ष सर्केस घलान (मधु) ले बताए । यस्तै, विद्यालय जस्तो सधैं सफा हुनुपर्ने स्थानमा फोहोर हुन पुगेकाले विद्यालयको कक्षा सञ्चालनमा आउनुअघि नै सफाई गरिएको वाईसीएल मकवानपुरका अध्यक्ष लवराज ठकुरीले जानकारी दिए ।

सरसफाई कार्यक्रममा वाइसीएल मकवानपुरका पदाधिकारीसहित सदस्यहरुको सहभागिता थियो ।