हेटौंडा – मकवानपुर क्षेत्र नम्वर २ को प्रदेशसभा (क) मा नेकपा एमाले र बामलोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा भईरहेको छ ।
निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार एमालेका विष्णु ढकाल भन्दा गठबन्धनकी कुमारी मोक्तान १ मतले पछि परेकी छन् ।
हालसम्म १७ हजार ०४८ मतगणना हुँदा ढकालले ७ हजार ४५६ मत पाउँदा मोक्तानले ७ हजार ४५५ मत पाएकी छिन् ।