प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बास्केटबल स्टार ग्रिनरमाथिको कारबाहीले रुस र अमेरिकाबीच तनाव बढ्ने अनुमान

२०७९ श्रावण २१, शनिबार ०३:४४ बजे
खम्की – रुसी अदालतले अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई लागूऔषध ओसारपसारमा दोषी देखिएको भन्दै नौ वर्षको जेल सजाय तोकेको छ । ग्रिनरमाथि गरिएको यो कारबाहीले रुस र अमेरिकाबीच तनाव बढ्ने अनुमान गरिएको छ ।
 
अहिले युक्रेनलाई लिएर अमेरिका र रुसबीच राम्रो सम्बन्ध छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ग्रिनरलाई दिइएको सजाय अस्वीकार्य भनी निन्दा गरिसक्नुभएको छ ।
 
गत फेबु्रअरी १७ मा ग्रिनर मस्कोसेरेमेट्येभो विमानस्थलमा पक्राउ पर्नुभएको हो । ग्रिनर क्लब बास्केटबल खेल्न रुस पुग्नुभएको थियो । सन् २०१४ देखिनै ग्रिनर अफसिजनमा बास्केटबल खेल्न रुस जाने गर्नुभएको छ ।
 
उहाँले सो फैसलाविरुद्ध अपिल गर्ने बताउनुभएको छ । ग्रिनरले आफ्नो रुसी कानुन तोड्ने मनसाय नभएको र रुसमा अवैध भ्याप कानिस्टर’ उडानका लागि हतार मा सामान प्याक गर्दा परेको हुन सक्ने बताउनुभयो ।
 
ग्रिनरले विमानस्थलमा एक दोभाषे राखिएको र आफूले भनेका कुराको केही अंश मात्र उहाँले अनुवाद गरेर अधिकारीलाई सुनाएको त्यसपछि अधिकारीहरूले पनि केही व्याख्या नगरी आफूलाई कागजातमा हस्ताक्षर गर्न लगाएको भन्नुभयो । उहाँले आफूलाई त्यस बेला आफ्नो अधिकार बारे केही जानकारी नभएको पनि भन्नुभएको छ ।
 
३१ वर्षीया ग्रिनर दुई पटक ओलम्पिक स्वर्ण पदक जितिसकेकी र डब्लूयूएनबीएमा फोनिक्स मक्र्युरीका लागि खेलेर आठ पटक अलस्टार टिममा परिसकेकी खेलाडी हुनुहुन्छ । ग्रिनर डब्ल्यूएनबीएकी महान् खेलाडीमध्ये एकमा गनिनुहुन्छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।