प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०७९ पौष २४, आईतबार १४:५८ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका वडा नं.१० मा टौलेलस्थित भित्री सडकमा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् ।

चित्लाङबाट टौखेलतर्फ जाँदै गरेको बा.प्र.०२–०२८ प २२९९ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको बा.३७ प ८३३५ नम्बरको मोटरसाइकल आइतबार दिउँसो एकआपसमा ठोक्किँएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ईन्द्रसरोबर गाउँपालिका–१ मार्खु बस्ने ४९ वर्षीय पुर्ण बहादुर थापामगर, पछाडी सवार सोही स्थान बस्ने ४९ वर्षीय मनोज स्याङ्तान घाइते भएका छन् । दुबैको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्कुटरमा सवारलाई केहीपनी नभएको छैन ।