प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमती प्रदेशमा सोमबार सार्वजनिक विदा

२०८१ बैशाख १३, बिहीबार ०७:१८ बजे

हेटौंडा – बागमती प्रदेश सरकारले यही वैशाख २४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

वैशाख २४ गते नै प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँको वसन्तपुरमा सार्वजनिक समारोहका बिच सम्बोधन गरेर प्रदेश सरकारी काम काजको भाषा प्रदेशभर शुभारम्भ भएको घोषणा गर्ने कार्यक्रम तयभएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए। वैशाख २४ गतेबाटै प्रदेश सरकार, निकाय, मातहतका कार्यालयका साइनबोर्डमा नेपाली भाषा, तामाङ भाषा र नेपाल भाषामा लेखिने उनले बताए।