प्रहर खबर
 २०८१ बैशाख २९, शनिबार    

जेरिना कम्प्युटरको सूचनाप्रबिधिसम्बन्धी अभिमुखीकरण

२०८० माघ २८, आईतबार ०९:१६ बजे

हेटौंडा – सूचनाप्रविधिसम्बन्धी सरोकारवाला निकायलाई जानकारी दिने उद्देश्यले हेटौंडामा आयोजना गरिएको एकदिने सूचनाप्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा रही सूचनाप्रविधिसम्बन्धी व्यवसाय गर्ने, सूचना तथा सञ्चारप्रविधिको क्षेत्रमा कार्यरत र बिभिन्न पेशामा संलग्न सरोकारवालालाई समावेश गरी अभिमुखीकरण गरिएको हो । मकवानपुरलगायत छिमेकी जिल्लामा कम्प्युटर तथा बिभिन्न सूचनासंचारप्रविधिको क्षेत्रमा कार्य गर्दै आएको चर्चित सप्लायर्स जेरिना कम्प्युटर इन्फोसिसको आयोजना र संसारका झन्डै ६० भन्दा बढी देशमा सूचना र प्रविधिसँग सम्बन्धित सामग्री उत्पादन र वितरण गर्दै आइरहेको रुजी–रेइ ब्राण्डको सहयोगमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको जेरिना कम्प्युटर इन्फोसिसका सञ्चालक जीतेन्द्रप्रसाद कुशवाहाले जानकारी दिए ।

अभिमुखीकरण कार्यक्रममा रुजी–रेइ कम्पनीको तर्फबाट प्रशिक्षक रोशन गिरीले सूचना प्रविधिसँग सम्बन्धित प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा सहभागीमध्ये आफ्ना अनुभव राख्दै राक्सिराङ गाउँपालिकाको कर्मचारी नवरज रिजालले नेटवर्क र इन्टरनेटसम्बन्धी धेरै जानकारी प्राप्त गर्ने अवसर पाएको प्रति आयोजकलाई धन्यवाद दिए । बढ्दो बजारीकरण, प्रविधिको उच्चतम प्रयोग एवम् दिनानुदिन प्रविधिको विकाससँगै नयाँ–नयाँ प्रविधि नेपालमा पनि भित्रिरहेको सन्दर्भमा अभिमुखीकरणबाट अपडेट हुने अवसर मिलेको सहभागीले बताए ।

विगत लामो समयदेखि मकवानपुर र आसपासमा सूचना तथा सञ्चारप्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको जेरिना कम्प्युटर इन्फोसिसले रुजी–रिको आधिकारिक वितरकको रुपमा प्रविधि पनि बिक्रि सुरु गरेको सञ्चालक कुशावाहाले बताए । चीनमा उत्पादन हुने यो प्रविधिले विश्वबजारमा विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेको बताइएको छ । नेपालमा नेटवर्क र इन्टरनेट डिभाइसमा ठुलो बजार हिस्सा लिने कम्पनीका प्रतिनिधिले दावी गरेका छन् ।

मकवानपुर, बारा, चितवनस्थित बिभिन्न गाउपालिका, नगरपालिका, विद्यालयका शिक्षक, सूचनाप्रविधिका सप्लायर्स र संचारकर्मीको सहभागिता रहेको अभिमुखीकरण कार्यक्रममा नेटवर्क डिजाइन, नेटवर्क र इन्टरनेट उपकरणको उत्पादन र बिक्री वितरण, नेटवर्क सुरक्षासम्बन्धी जानकारी दिइएको थियो ।