प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको बैंकरोडबाट थिङ पक्राउ

२०८० भाद्र २५, सोमबार ०५:२९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० बैंकरोडबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.८ बस्ने ३० बर्षीय सुरज थिङ रहेका छन् ।

शंका लागेर चेक गर्दा थिङको साथबाट लागुऔषध फेनारगन–४५, नुरफिन–४५, डाईजोपाम–४५ एम्पुल गरी जम्मा १३५ एम्पुल बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।