प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

२०७९ मंसिर २७, मंगलबार ०५:१४ बजे

हेटौंडा – ट्याक्टरबाट खसेर दाङमा एक जनाको मृत्यु भएको छ । दंगिशरण गाँउपालिका ३ एकलीमा रा १ त ४५९३ नम्बरको गुडिरहेको ट्याक्टरबाट खसेर गिशरण गाँउपालिका ६ थपगाँउका १७ वर्षिय सुदिप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी साढे ८ बजे गुडिरहेको ट्याक्टर चौधरी अचानक खसेर घाइते भएका थिए। उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर नियन्त्रणमा रहेको र चालक फरार रहेकाले खोजिकार्य भैरहेको ईलाका प्रहरी कार्यालय हेकुलीले जानकारी दिएको छ ।