काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ७७ जनाको नमुना परीक्षण गर्दा ४८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । थप एक सय ६४ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा चार हजार दुई सय ९८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।