प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

लागुऔषधको कारोवारमा संलग्न आमाछोरा सहित तीन जना पक्राउ

२०७९ भाद्र ३१, शुक्रबार ०६:१६ बजे

हेटौंडा – प्रहरीले झापा र मोरङबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–४ स्थितबाट आमा–छोरालाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने सुचनाको आधारमा लागुऔषध ब्युरो काकरभिट्टा र इलाका प्रहरी कार्यलय अनारमनिबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ बस्ने ३८ बर्षीया सुगन्दा अन्सारी र १७ बर्षीय अर्मान अन्सारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुगन्दा र अर्मान आमा– छोरा हुन् । उनीहरुको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

त्यस्तै मोरङ बिराटनगर महानगरपालिका–१५ स्थितबाट १ जना पक्राउ परेका छन् । प्रहरीले बिराटनगर–१५ स्थितमा चेक जाँचको क्रममा को।३५ प २२६६ नम्बरको मोटरसाईकल चालक इटहरी–४ सुनसरीका २२ बर्षीय बिशाल भुजेललाई पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम ४८ मिलि ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।