प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्टरको ढालामा च्यापिएर चालकको मृत्यु

२०८० जेठ २, मंगलबार ११:३८ बजे

हेटौंडा – चितवनको खैरहनी नगरपालिका ४ मा आज ट्याक्टरको ढालामा च्यापिएर चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खैरहनी नगरपालिका २ बस्ने २० वर्षीय दिपक परियारको मृत्यु भएको हो । गम्भीर घाइते भएका परियारको उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ त १०७९ नम्बरको ग्राबेल बोकेको ट्याक्टरको अगाडीको इन्जिनको भाग उठ्न गइ आज बिहान ११ बजे चालक ढालामा च्यापीएका थिए ।